Connect with us
Kapilvast Forest

३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद

२०७९, ११ पुष सोमबारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।प्रधानमन्त्री प्रचण्डले पहिलोचरणमा ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

उपप्रधानमन्त्रीमा नेकपा एमालेका तर्फबाट अर्थमन्त्रीसहित विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रका तर्फबाट भौतिक पूर्वाधारसहित नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहसहित रवि लामिछाने रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले एमालेबाट सरकारमा सहभागी हुन पठाइएका राजेन्द्र राई, ज्वालाकुमारी साह, दामोदर भण्डारी र जनमत पार्टीबाट पठाइएका अब्दुल खानलाईपनि मन्त्रिपरिषद्मा सहभागी गराएका छन् ।

मन्त्रीहरुको कार्यभार पछि तोकिने बताइएको छ । नवनियुक्त उपप्रधानमन्त्री एवं मन्त्रीहरुले पनि आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । तर, मन्त्री ज्वालाकुमारी साहले भने आज शपथ लिइनन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu