Connect with us
Kapilvast Forest

लोकदोहोरी प्रतिष्ठान कपिलवस्तुमा नयाँ नेतृत्व चयन

२०७९, २६ पुष मंगलवारमा प्रकाशित

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा शारदा खनाल चयन भएकी छिन् । मंसिर २५ गते नै अधिवेशनको खुल्लासस्त्र भएपनि नेतृत्वमा विवाद हुँदा आजसम्म अध्यक्ष टुंगो लागेको थिएन ।

सोमबार प्रतिष्ठानका केन्द्रीय, प्रदेश र जिल्लास्तरीय नेताले खनाललाई अध्यक्ष बनाएका हुन् । प्रतिष्ठानको अध्यक्षमा शिव खनाल, दीपक भण्डारी र शारदा खनाल बीच रस्साकस्सी थियो । खनाल पक्षले चुनाव मार्फत नेतृत्व चयन हुनुपर्ने माग गर्दै आए पनि भण्डारी र खनालले सर्वसम्मत नेतृत्व चयनमा जोड दिएका थिए ।

अध्यक्षमा चयन भएकी खनाल प्रतिष्ठानकी निवर्तमान महिला उपाध्यक्ष हुन् । जिल्लाको नेतृत्व चयन गरिए पनि शिव भने टिममा बसेका छैनन् । उनी नेतृत्व छनौट प्रक्रिया प्रति असन्तृष्ट रहेको स्रोतले जनाएको छ । खनाल निवर्तमान सह-सचिव हुन् ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा दीपक भण्डारी, द्वितीय उपाध्यक्षमा सुमन पौडेल, महिला उपाध्यक्षमा वर्षा लम्साल, सचिवमा अशिम कडेल, सह–सचिवमा विनोद रन्जन, कोषाध्यक्षमा मिसन भुसाल, सह–कोषाध्यक्षमा रिता खनालले जिम्मेवारी पाएका छन् ।

यस्तै सदस्यहरुमा भक्तिराम घिमिरे, हरि आचार्य, कृष्ण पाण्डे, बिनोद खनाल, शंकर प्रसाद न्यौपाने, डोल बिक्रम पल्ली, लिल बहादुर कुुँवर र नवराज न्यौपाने रहेका छन् ।

प्रतिष्ठानको निवर्तमान अध्यक्ष थानेश्वर अधिकारी हुन् । उनले दुई कार्यकालसम्म जिल्लाको नेतृत्व सम्हालेका थिए । प्रतिष्ठानका गायक, गायिका, सर्जक र शुभचिन्तक गरी करिब दुई सय साधारण सदस्य छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu