Connect with us
Kapilvast Forest

आर्या बचतको १४ औं वार्षिक साधारण सभा सम्पन्न

२०७९, २८ पुष बिहीबारमा प्रकाशित

कपिलवस्तु –
कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेड कपिलवस्तुको आज १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वि.सं २०६५ सालमा स्थापना भई हाल १४ वर्ष पूरा गरि १५ औं वर्षमा सफलतापूर्वक सञ्चालनमा रहेको हो सभाको उदघाटन गर्दै लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेले संस्था निरन्तर सेवाग्राही तथा सदस्यहरुको विश्वास जित्दै अगाडी बढ्दै गएकोमा संस्थालाई शुभकामना व्यक्त गरेका थिए ।

कपिलवस्तु नगरपालिका वडा न. ३ का वडा अध्यक्ष रुद्र प्रसाद (प्रकाश) गैरेले यो संस्थाले स्थापना कालदेखी सेवाग्राही तथा शेयर सदस्यहरुको विश्वास जित्दै आएको र आगामी दिनमा पनि विश्वास जोगाई राख्छ भनी आफनो मनतव्य राखेका थिए । यसैगरि यस संस्थाका अध्यक्ष प्रकाश घिमिरेले यो संस्थाको मुख्य उदेश्य आर्थिक अवस्था कमजोर भएका गरिव विपन्न परिवारको आफ्नो अंशको केही कमाई भएपनि बचत गराउनु नै रहेको बताए ।

आर्थिक अवस्था कमजोर रहेको, गरिब, विपन्न तथा पिछडिएका परिवारवबाट बचत गराउने र ती परिवार तथा समुदायलाई व्यापार व्यवसायमा पहुच पु¥याउनका लागि यो संस्थाले काम गरिरहेको यस संस्थाका अध्यक्ष प्रकाश घिमिरेले बताए । संस्थामा आर्थिक वर्ष ०७८÷०७९ को तथ्याङ्क कुल २ हजार २ सय ७३ जना बचतकर्ता छन् । जसमध्ये ६ वटा संस्थागत बचत गर्ने संस्था रहेको छ ।

यस संस्थाको लगभग ३ करोड बढी ऋण लगानी रहेका छ भने यस मध्ये कतिपय ऋणीहरु समयमा व्याज सावा तथा कर्जा नतिर्ने गरेको अध्यक्ष घिमिरेले बताए । कर्जा तिर्नबाट टाढा भाग्नेलाई सम्पर्कमा ल्याउने र जसरी भएपनि कर्जा असुल गर्ने अध्यक्ष घिमिरे बताए । प्रगति प्रतिबेदन सचिव कृष्ण मोहन शुक्लार आर्थिक प्रतिबेदन लेखा संयोजक राधेश्याम मिश्राले गरेका थिए । गत आर्थिक बर्ष संस्थाले ४ करोड बढी संकलन गरेको छ ।

कार्यक्रममा असर रिनी र असल बचतकर्ता गरी ९ जनालाई सम्मानित समेत गरिएको थियो । प्रकाश घिमिरको अध्यक्षता, कृष्ण मोहन शर्माको संचालनमा भएको कार्यक्रममा बिष्णु सिंह रायमाझीले स्वागत मन्तब्य दिएका थिए । यस कार्यक्रमका सञ्चालन यसै संस्थाका सचिव कृष्ण मोहन शुक्लाले गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu