Connect with us
Kapilvast Forest

४० करोडको लागतमा खुल्यो प्लास्टिक उद्योग

२०७९, ९ माघ सोमबारमा प्रकाशित

टीकापुर- कैलालीको जानकी गाउँपालिका वडा नम्बर १ बेलासपुरमा ४० करोडको लागतमा टीकापुर प्लास्टिक उद्योग खुलेको छ । स्थानीय युवाहरू नवराज भट्टराई र मुकेश बमले संयुक्त लगानीमा खुलेको उद्योगले प्लास्टिकको डोरी उत्पादन गरेर बजारमा पठाएको छ ।

उद्योगले प्लास्टिकका दुई एफएमदेखि ३६ एफएमसम्मका २१ प्रकारका प्लास्टिकका डोरी उत्पादन सुरु गरी बजारमा पठाउन थालेको छ । साथै प्लास्टिकका बोरामा छ वटा रङसहितको छपाई, सिलाई र कटिङ गरेर माग अनुसार उपलब्ध गराउन थालेको छ ।

उद्योगले प्रतिघण्टा १५० किलोका दरले दैनिक साढे तीन टन डोरी र दैनिक तीन टन बोरा उत्पादन भइरहेको उद्योगका सञ्चालक नवराज भट्टराई बताउनुहुन्छ । २४ सै घण्टा चल्ने उद्योगमा उत्पादनतर्फ १७ जना भारतीय र २३ जना नेपालीले काम गरिरहेका छन् ।

चार बिघा जमिनमा खुलेको उद्योगमा जर्मनीमा निर्मित उपकरणहरू जडान भएका छन् । उद्योगमा डोरी बनाउन आवश्यक पर्ने कच्चा पदार्थ भारतका रिलाइन्स, ओपल र इन्डियन आलयबाट आइरहेको छ भने बोराहरू शिवम र जगदम्बा प्लास्टिक उद्योगबाट ल्याएर लोगो छपाई र सिलाई गरेर यस क्षेत्रका अन्य उद्योगलाई उपलब्ध गराउन थालेको छ ।

एक महिनाको अवधिमा उत्पादित डोरी नेपालभित्र नारायणघाट काठमाडौ विराटनगर र भारतको सिलगुडीसम्म पठाइसकेको र केही दिनमा भारतको उत्तराखण्ड र हरियाणा पठाउने तयारी भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu