Connect with us
Kapilvast Forest

लेखा अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७९, १२ माघ बिहीबारमा प्रकाशित

सुर्खेत- सुर्खेतको पश्चिम पञ्चपुरी नगरपालिकाका लेखा अधिकृत मोहनबहादुर बुढासहित अन्य दुई जना कर्मचारी र एक जना होटल सञ्चालकविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले चारै जनाविरुद्ध भ्रष्टाचारको कसुर गरेको ठहर गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०७८ माघ महिनादेखि २०७९ जेठ मसान्तसम्म विभिन्न खर्च शीर्षकबाट खर्च लेखी विभिन्न होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरिएको भन्दै उजुरी परेको थियो ।

लेखा अधिकृत बुढाले होटल सञ्चालकसँग खाली बिल लिई प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरसमेत किर्ते गरी दुई लाख ६२ हजार ५०२ रुपियाँ भुक्तानी दिएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले ‘न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल राम्जाली नगरपालिकाका अधिकृत लालबहादुर सुवेदी शिक्षा शाखा अधिकृत तुलसी केसीले लेखा अधिकृतलाई किर्ते बिल बनाउन सहयोग गरेको जानकारी गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu