Connect with us
Kapilvast Forest

भूकम्पको डरले हिउँमाथि बसेर पढाइ : फोटो फिचर

२०७९, १२ माघ बिहीबारमा प्रकाशित

बाजुरा- जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयले बालबालिकालाई हिउँमाथि पढाइ गर्दै आएको छ । जीर्ण बन्दै गएको सो विद्यालय भूकम्पले भत्किने हो कि भन्ने डरमा चिसो भए पनि शिक्षकले बालबालिकालाई अहिले हिउँमाथि बसालेर पढाइ गर्न थालेका हुन् ।

सिद्धेश्वरी आवासीय आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत सरिता गुरुङले विद्यालयभित्र बस्दा भूकम्पको डर लाग्ने गरेकाले चिसो भए पनि बाहिर हिउँमाथि बसेर पढाइ गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो दुई दिनसम्म लगातार हिमपात भयो आज बल्ल घाम लागेको छ । हिउँ बिलाएको छैन । चिसो अति नै छ तै पनि भूकम्पको डरले चिसो भए पनि बाक्लो लुगा लगाएर हिउँमै बसेर पढाइ गर्दै आएका छौँ ।

सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयका प्रधानाध्यापक तुलाबहादुर रावत भन्नुहुन्छ पानीसँगै हिमपात भयो । दुई दिनपछि बल्ल घाम लागेको छ । विद्यालय धेरै पुरानो भएको छ । भूकम्पले पटक पटक झट्का दिँदै आएको छ ।

कति बेला विद्यालय भत्किएर बालबालिका चेपिन्छन् कि भन्ने डरले घाम लागेको समयमा बाहिर बाक्लो हिउँ भए पनि विद्यार्थीलाई त्यसै माथि बेन्च राखेर पढाउँदै आएका छौँ । यस विद्यालयमा ११२ जना विद्यार्थी अध्ययन गर्छन् । हिउँदमा यहाँका अधिकांश विद्यालयले सधैँ यसरी नै विद्यालय सञ्चालन गरेर बालबालिकाहरूलाई पढाइ गर्दै आउनु परेको जानकारी प्रधानाध्यापक रावतले दिनुभयो ।
फोटो फिचर

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu