Connect with us
Kapilvast Forest

मानवीय रेस्क्यूका लागि माउन्टेन गाइडलाई रिक्को प्रविधि तालिम

२०७९, १३ माघ शुक्रबारमा प्रकाशित

काठमाडौँ- पदयात्रा तथा पर्वतारोहणमा जाँदा विपत्ति पर्ने र बेपत्ता हुनेहरूको उद्धारका लागि माउन्टेन गाइडलाई रिक्को प्रविधिको तालिम प्रदान गरिएको छ । मनासलु हिमाल आसपास काठमाडौँ र नुवाकोटको ककनी क्षेत्रमा २५ जना नेपाल राष्ट्रिय पर्वतारोही पथ प्रदर्शक (माउन्टेन गाइड)हरूलाई पाँच दिने सर्च एन्ड रेस्क्यू तालिम दिइएको छ ।

यस अघि सगरमाथा मनासलु लगायतका अग्ला तथा होचा हिमालहरूमा हिम पहिरोमा परी सयौँ पर्यटक र गाइडहरू बेपत्ता भएका छन् । तर उद्धारका सम्भावना नभएको भन्दै यस्ता प्रविधिहरू अपनाउने गरिएको थिएन ।

पछिल्लो वर्षदेखि मानवीय उपस्थिति सम्भावना नहुने क्षेत्रमा समेत हेलिकप्टरको सहयोगमा रिक्को डिभाइसले पत्ता लगाई उद्धार गर्न सकिने भएको छ । यसका लागि माउन्टेन गाइडलाई दक्ष बनाउन यो तालिमको आयोजना गरिएको रिक्को प्रविधिका नेपाल प्रतिनिधि सोफी लावाउडले बताउनुभयो ।

पदयात्रा र पर्वतारोहणमा जाँनु अघि रिक्को प्रविधिको डिभाइस लिएपछि उक्त प्रविधिले आरोहण र पदयात्रामा गएका पर्यटक, गाइडहरू बेपत्ता भए पत्ता लगाउन यो प्रविधिले सक्ने उहाँको दाबी छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu