Connect with us
Kapilvast Forest

टेकु अस्पताललाई १ सयबाट ३ सय शय्याको बनाइँदै

२०७९, १३ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन सय शय्याको बनाइने भएको छ । हाल एक सयशय्याको टेकु अस्पताललाई तीन सय शय्या बनाइने कार्यक्रम दुई वर्षअघि सारिएको थियो ।

तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजना बनाइएकामा अबको तीन महिनापछि निर्माण कार्य सुरु हुने अस्पतालका निर्देशक डा मनीषा रावलले बताइन् । १९९० को भूकम्पपछि कलेरा अस्पतालको रुपमा यो अस्पताल स्थापना गरिएको थियो ।

यस अस्पतालले वीर अस्पतालको सरुवारोग शाखाको रूपमा समेत काम गरेको थियो । कलेरा अस्पतालको रूपमा खोलिएको यस अस्पताललाई २०५३ सालदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नामकरण गरिएको थियो ।

देशको दोस्रो पुरानो अस्पतालको रूपमा चिनिएको यस अस्पतालले पुराना भौतिक संरचना भत्काएर नयाँ भवन निर्माण गर्न लागेको हो । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले ०७२ सालको भूकम्पले क्षति पुर्‍याएको ६ वटा भवनबाटै स्वास्थ्य सेवा दिँदै आएको छ ।

४० वर्षदेखि पुरानो भवन त्यसमा पनि भूकम्पले क्षति पुर्‍याएका भवनबाट नै ओपीडी आइसियु इमरजेन्सी प्रशासनलगायत सञ्चालन हुँदै आएको छ । नयाँ भवन ६ तल्लाको रहनेछ । जसमध्ये ग्राउन्ड फ्लोरमा ओपीडी इमरजेन्सी रेडियोलोजी विभाग रहनेछ ।

यस्तै पहिलो तल्लामा ओपीडी फिभर वार्ड र प्रयोगशाला राखिनेछ । दोस्रो तल्लामा जनरल वार्ड इमरजेन्सी आइसोलेसन तेस्रो तल्लामा हेमाटोलोजी पोषण प्रत्यारोपण वार्ड चौथो तल्लामा रेबिज टिबी छालारोग विभाग पाँचौ तल्लामा आइसीयू शल्यक्रिया कक्ष सेमिनार कक्ष राखिने भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको टेकु क्षेत्रमा ७२ रोपनी छ । नयाँ भवन निर्माण गर्ने क्रममा स्वास्थ्य सेवा प्रदानमा चुनौती भने रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. रावलले नयाँ भवन बनाउने क्रममा सेवा प्रदानमा चुनौती महसुस गरेको बताइन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu