Connect with us
Kapilvast Forest

टाइगर कपको महिलातर्फको उपाधि एपीएफलाई

२०७९, १४ माघ शनिबारमा प्रकाशित

पोखरा- पोखरामा सञ्चालित टाइगर कप भलिबलको महिलातर्फको उपाधि विभागीय टोलीले हात पारेको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले दोस्रो पटक उपाधि जितेको हो ।

एपीएफले आर्मीलाई पहिलो सेटमा २५–२० को स्कोरमा पराजित गर्‍यो । दोस्रो सेटमा भने आर्मीले एपीएफमाथि २५–२२ को जित निकाल्यो । तर तेस्रो सेटमा २५–८ र चौथो सेटमा २५–२२ को स्कोर निकालेपछि एपीएफ विजयी भयो । उपाधिसँगै एपीएफले ५ लाख रुपैयाँ र उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ पाएको छ ।

गुमायो आर्मीले अवसर

डिफेन्डिङ च्याम्पियनसमेत रहेको एपीएफ र आर्मी अघिल्लो संस्करणमा पनि फाइनलमा भिडेका थिए । टाइगर कपको दोस्रो संस्करणमा एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै च्याम्पियन बनेको थियो ।

महिलातर्फ न्यू डायमन्डले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित तेस्रो स्थान सुरक्षित गर्‍यो । न्यू डायमण्डले १ लाख २५ हजार रुपैयाँ र चौथौं गण्डकी प्रदेशले ६५ हजार रुपैयाँ पाएको छ ।

अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको गण्डकीको महिला टोली प्रतियोगिताकै कमजोर टिमसमेत बन्यो । टिममा ३ जना भारतीय राष्ट्रियस्तरका खेलाडीसमेत सम्मिलित थिए । तर ४ टिम सहभागी खेलमा गण्डकीले घरेलु मैदानमै कुनै पनि खेल जित्न सकेन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu