Connect with us
Kapilvast Forest

इन्जिनियरको लापरबाहीले च्याछरामा यातायात सञ्चालनमा जोखिम बढ्यो

२०७९, १५ माघ आईतवारमा प्रकाशित

हुम्ला- आयोजनाका इन्जिनियर र प्रमुखले गरेको डिजाइन नै गलत हुँदा राज्यले करोडौँ भार खेप्नुपरेको छ । तर आयोजना प्रमुखले हल्का रूपमा लिँदै थप मर्मत गर्ने बताउँछन । यो कम्पनीले सरकारलाई करोडौँ रुपियाँ नोक्सानी भएको छ भने यातायात सञ्चालनमा समेत अति जोखिम भएको छ ।

कर्णाली कोरिडोरको सिमकोट–हिल्सा सडक खण्डको चट्टानी भीरको सडक भएको च्याछरामा यातायातका साधनलाई जोखिम उठाएर सञ्चालन गर्नुपर्ने बाध्यता छ । सडकको ग्रेड नमिलेको र स्तरोन्नति हुन ढिलो हुँदा ट्र्याक खुल्ला गरिएको सडकमा गाडी गुडाउनु परिरहेको हो ।

गाडी चालक दीपेन्द्र भण्डारीले चट्टानी भीर रहेको च्याछरा क्षेत्रमा यातायातका साधन ठूलै जोखिम उठाएर सञ्चालनमा आएको बताउनुभयो । एक वर्ष अगाडी्रि ग्रेड नमिलेको सो क्षेत्रको सडकमा बोलेराे जिपलाई चालकले सावधानी नअपनाएको भए दुर्घटनाबाट जोगाउन कठिन देखिएको थियो । सो बेला च्याछरामा हिल्सातर्फ गइरहेको बोलेरो जिप एक्कासि ब्याक हुँदा चालकले बाहिर निक्लेर जोगाउनुभएको थियो ।

सडक चट्टानी भीर क्षेत्रमा पर्ने र तल कर्णाली नदी छ । उहाँले पहिलो कुरा भीरको सडकको ग्रेड नमिलेको कारण उकालो सडकमा गाडी गुडाउनु परिरहेको र कुनै स्थानमा सडक साँघुरो भएको कारण उस्तै समस्या हुने गरेको बताउनुभयो । चार वर्ष लगाएर हिल्सा सिमकोट सडक आयोजनाले चट्टानी भीरलाई विस्फाेट गरेर सडक निर्माण गरी जसोतसो यातायातका साधन सञ्चालन ल्याउने कार्य भएको हो ।

सडक असजिलो भएको कारण उकालोमा जाँदा यात्रुलाई झारेर गाडी गुडाउनुपर्ने चालकलाई बाध्यता छ । सो सडक गत वर्षबाट सञ्चालनमा आएको हो । ट्याक खुल्ला गरिएको भए पनि सडकको स्तरोन्नति नभएको कारण साना गाडी सञ्चालनमा केही सहजता भए पनि ठूला गाडीलाई भने समस्या हुने गरेको छ । त्यसमाथि पहिरो जाने क्षेत्र समेत भएको कारण बर्खामा सडक अवरुद्ध हुने गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu