Connect with us
Kapilvast Forest

झापामा फाइबर लेजर मेसिनबाट शल्यक्रिया सुरु

२०७९, १९ माघ बिहीबारमा प्रकाशित

दमक- झापाको भद्रपुरमा रहेको ओम साइ पाथिभरा हस्पिटलले बिश्वस्तरीय फाइबर लेजर मेसिनबाट शल्यक्रिया सुरु गरेको जनाएको छ । हस्पिटलले आफ्नो चौधौँ वार्षिकोत्सवको अवसर पारेर यो सेवा सुरु गरिएको जानकारी दिएको हो ।

किड्नीमा रहेको ढुङ्गा पिसाब नलीमा रहेको ढुङ्गा पिसाब थैलीमा रहेको ढुङ्गा प्रोस्टेटको शल्यक्रिया नचिरीकन र प्वाल पनि नपारी गरिने लेजर सेवा सुचारु गरेको अस्पतालका अध्यक्ष दिपकुमार पोखरेलले बताएका छन् ।

लेजर मेसिनद्वारा प्रदान गरिने सेवा बिरामीका लागि सरल र सहज हुने पनि अध्यक्ष पोखरेलले बताउनु भएको छ । यो सेवा लिन यस क्षेत्रका बासिन्दा भारत तथा अन्यत्र जानुपर्ने अवस्था रहेका जनाउँदै अब यही यो सेवा सुरु भएको पोखरेलको भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu