Connect with us
Kapilvast Forest

सीता एयरलाइन्सले घटायो भाडा

२०७९, २१ माघ शनिबारमा प्रकाशित

ताप्लेजुङ- सीता एयरलाइन्सले ताप्लेजुङ–काठमाडौंको भाडा दर घटाएको छ । हवाई यात्रा गर्ने यात्रु नभएपछि सीता एयरलाइन्सले भाडा घटाएको हो । सीता एयरलाइन्सका ताप्लेजुङ कार्यालय इन्चार्ज श्रीप्रसाद खड्काका अनुसार काठमाडौं–ताप्लेजुङ साथै ताप्लेजुङ–काठमाडौं यात्रा गर्ने यात्रु नभएपछि भाडा घटाइएको हो ।

भाडा घटाएर हाल काठमाडौं–ताप्लेजुङका लागि नौ हजार तीन सय र ताप्लेजुङ–काठमाडौं नौ हजार एक सय रुपियाँ कायम गरिएको इन्चार्ज खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार यसअघि प्रतिव्यक्ति (यात्रु) काठमाडौं–ताप्लेजुङका लागि नौ हजार नौ सय रुपियाँ र ताप्लेजुङ–काठमाडौंका लागि नौ हजार सात सय रुपियाँ रहेको थियो ।

हवाई यात्रा गर्ने यात्रु नभएकै कारण एयरलाइन्सले भाडदार घटाउन बाध्य हुनुपरेको उहाँको भनाइ छ । केही समयअघि पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनापछि हवाई यात्रा गर्ने यात्रुहरू नभएको उहाँको भनाइ छ ।

सीता एयरलाइन्सले प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन काठमाडौं–ताप्लेजुङ र ताप्लेजुङ–काठमाडौं उडान तालिका रहेको छ । साताको तीन दिन उडान गर्ने तालिका रहेपनि यात्रु नभएकाले तत्काललाई सोमबार र शुक्रबार दुई दिन मात्र उडान सञ्चालन हुने खड्काले जानकारी दिनुभयो । यद्यपि, यात्रु उपलब्ध भएमा बुधबार पनि उडान हुने उहाँले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu