Connect with us
Kapilvast Forest

शुक्रबारदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

२०७९, २३ माघ सोमबारमा प्रकाशित

कालीकोट- शुक्रबार साँझबाट बन्द भएको कर्णाली राजमार्ग सोमबार बिहानदेखि खुलेको छ । हुम्लाबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३५१८ नम्बरको ट्रकले दैलेखेको सिम भन्ने ठाउँमा ठक्कर दिएर दैलेख आठबिस नगरपालिका वडा नं ४ का वर्ष ५५ का तिलक माझीको मृत्यु भएपछि स्थानीयले बन्द गरेको कर्णाली राजमार्ग खुलेको हो ।

शुक्रबार ६ बजेदेखि बन्द भएको कर्णाली राजमार्ग शनिबार राति १० बजे खुले पनि फेरि स्थानीयले सडक अवरोध गरेपछि आइतबार दिनभर तनावगस्त भएको थियो । आइतबार राति सहमतिपछि पीडित पक्षले केही नगद र केही राहत वापतको रकमको चेक प्राप्त गरेपछि सडक खुलेको बताइएको छ । आठबिस नगरपालिका उपप्रमख कल्पना थापा चन्दले लामो समयको छलफलपछि बल्ल सहमति भएर कर्णाली राजमार्ग खुलाएको जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu