Connect with us
Kapilvast Forest

पहिलो पटक राज्य कोषबाट क्षतिपूर्तिबापतको एक लाख प्राप्त

२०७९, २४ माघ मंगलवारमा प्रकाशित

दोलखा- बालबिग्याइँ कर्तव्य ज्यान मुद्दाका जाहेरवाला दोलखाको भीमेश्वर नगरपालिकाका मृतकका बाबु किस्मत तामाङले जिल्लाबाट पहिलो पटक क्षतिपूर्तिबापतको एक लाख रुपियाँ राज्य कोषबाट पाउनु भएको छ ।

वादी नेपाल सरकार रहेको सो मुद्दामा सर्वोच्च अदालत पीडित राहत कोषको सचिवालयबाट प्राप्त एक लाख रुपियाँ क्षतिपूर्तिबापत पहिलो पटक प्रदान गरिएको दोलखा जिल्ला अदालतका श्रेस्तेदार शिवकुमार पोखरेलले जानकारी दिनु भयो ।

उहाँका अनुसार जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठको एकल इजलासबाट मृतकका हकवाला किस्मत तामाङलाई एक लाख रुपियाँ पीडित राहत कोषबाट दिने फैसला भएको हो । सो अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १०६ बमोजिम राहत प्रदान गरिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu