Connect with us
Kapilvast Forest

डोटीमा १०४ जना फरार अपराधीको सूचीमा

२०७९, २५ माघ बुधबारमा प्रकाशित

डोटी- डोटी जिल्ला साविकको भूमिराजमाण्डौं पञ्चायतका गंगा बलायरले एक व्यक्तिलाई कर्तव्य गरि ज्यान मारेको भन्दै उनीविरुद्ध २०३७ साल असोज २७ गते मुद्दा दर्ता भयो । सो मुद्दामा जिल्ला अदालत डोटीले २०४६ साल माघ २९ गते बलायरलाई दोषी ठहर गर्दै २० वर्ष कैद सजाय सुनायो ।

अदालतले फैसला सुनाएको ३२ वर्ष पुग्दासम्म पनि गंगा बलायरले उक्त कैद सजाय भुक्तान गरेका छैनन् । उनी जाहेरी परेदेखिनै फरार रहेको अदालतको तहसिल शाखाले जानकारी दिएको छ ।

गंगा मात्रै होइनन्, अदालतले दोषी ठहर गरेका १०४ जना फरार रहेको निमित्त तहसिलदार लवबहादुर थापा बताउँछन् । जबरजस्ती करणीको मुद्धामा दोषी ठहारिएका १३ जना फरार सूचीमा छन् । यस्तै कर्तव्य ज्यान मुद्दाका १३, विभिन्न प्रकारका चोरी मुद्दाका ११, बहुविवाह मुद्दाका ९ र सवारी ज्यान मुद्दाका ९ अपराधी फरार सूचीमा छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu