Connect with us
Kapilvast Forest

डाँडाफया आगलागी पीडितलाई सहयोग आउने क्रम जारी

२०७९, २६ माघ बिहीबारमा प्रकाशित

हुम्ला- घरविहीन भएर आफन्तका घरमा शरण पर्दै आउनुभएका पीडितलाई खाद्यान्नलगायत अत्यावश्यक सामानहरू गुड नेवर्स इन्टरनेस्नल नेपालको जिएनआई आर्थिक सहयोगमा ती सामाग्री सहयोग गरिएका हुन् ।

आगलागी पीडित दिपकबहादुुर सिंहले र चामल सिमी तेल सावन बाल्टी जग कम्मललगायतका सामानहरू सहयोग प्राप्त भएको बताउनुभयो । ती सामानहरू आगलागी पीडित चारवटै घरधुरीलाई प्रदान गरिएको छ ।

उक्त सामानको मूल्य ५५ हजार छ । गत माघ २२ गते दिउँसो सो आगलागी भएको थियो । आगलागीबाट दीपक बहादुर सिंह र छक्क सिंहको घर जलेर पूर्ण रूपमा नष्ट भएको थियो ।

अर्का दुई जना कालु सिंह र शक्ति सिंहको घर आंशिक क्षति पुगेको थियो । उहाँहरू एउटै परिवारका सबै दाजुभाइ हुनुहुन्छ । आगलागी भएकै दिन सिमकोट गाउँपालिकाले राहत सामान स्थलगत रूपमा पुगेर पीडितलाई प्रदान गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu