Connect with us
Kapilvast Forest

हत्यापछि सीसीटीभीमा आफू कैद भइरहेको देखेपछि

२०७९, २७ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं- पर्साका ५७ वर्षीय ध्रुवबहादुर खड्का राष्ट्रिय विमान संस्थानको जागिरबाट केही वर्ष अघि मात्रै सेवा निवृत्त भएका थिए । अवकाशपछिको जीवन साथीभाइसँग जमघट र भेटघाटमा बितिरहेको थियो ।

सोमबार एक जना साथीले बत्तिसपुतलीमा पार्टी राखेका थिए । त्यसैले उनी दिउँसो श्रीमती र छोरालाई साथीको पार्टी छ भन्दै घरबाट निस्किए । तर राति जे घटना भयो, त्यसले उनलाई अब कहिल्यै फर्किन नसक्ने बाटोमा पुर्‍याएको छ ।

प्रहरीका अनुसार पार्टी सकेर घर जाने बेला हुँदासम्ममा खड्का राम्रोसँग उभिने अवस्थामा पनि थिएनन् । सडकमा निस्किएपछि सडकमा भेटिएका मोरङका रामबहादुर थापा उनीसँग बोल्दै आए ।

टाइ–सुट लगाएको देखेपछि थापाले सोचे राम्रै मान्छे जस्ता छन्, पैसा पनि टन्नै होला । त्यसैले सुरुमा उनी मिठो सुनिए, खड्कालाई डोहोर्‍याउँदै सडकतिर ल्याए । त्यहाँबाट घर पुर्‍याइदिन्छु भन्दै ट्याक्सीमा बोलाए । आफू पनि त्यसमै चढे । तर थापाले उनलाई उनले घरसम्म भने लगिरहेका थिएनन् । खड्का स्वयम् पनि आफू कता जाँदैछु भन्ने थाहा पाउने अवस्थामा थिएनन् ।

प्रहरीका अनुसार ट्याक्सी चालकले दुवै जना चिनजानकै मान्छे होलान् भन्ने सोचे । ट्याक्सीभित्र सबै सामान्य नै देखिन्थ्यो । तर, थापाको मनमा खड्कालाई लुटपाट गर्ने योजना चलिरहेको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीका अनुसार थापा २०७७ सालमै लागूऔषध मुद्दामा थुनामा परिसकेका व्यक्ति थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu