Connect with us
Kapilvast Forest

खुल्यो नदी प्रवाही १५ सय मेगावाटका आयोजनाको पीपीए

२०७९, २७ माघ शुक्रबारमा प्रकाशित

काठमाडौं- थप १५ सय मेगावाटका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरुको विद्युत खरिद हुने भएको छ । करिब ४ वर्षदेखि यस्ता आयोजनाहरुको पीपीए रोकिंदा जलविद्युतमा नयाँ लगानी पनि रोकिन पुगेको थियो ।

उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको ९३० औं बैठकले ग्रिड आबद्ध सम्झौता मितिको रोलक्रमका आधारमा आरओआर आयोजनाहरुको १५ सय मेगावाट बराबर विद्युतको खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ ।

उक्त आयोजनाहरुको विद्युत् लेऊ या तिर सिद्धान्तका आधारमा खरिद गरिने छ । आयोजनाहरुको विद्युत् सुक्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)का लागि हाल कायम रहेको दर क्रमश : रु ८.४० र ४.८० प्रति युनिटमा खरिद हुने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu