Connect with us
Kapilvast Forest

अन्तर्राष्ट्रिय उडानसँगै रात्रिकालीन सेवाको तयारी

२०७९, १ फाल्गुन सोमबारमा प्रकाशित

कास्की- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान सेवाका लागि आवश्यक तयारी पूरा भएको छ। सो उडानसँगै रात्रिकालीन उडान सेवासमेत सञ्चालन गरिने विमानस्थल प्रमुख विक्रम गौतमले बताउनुभएको छ।

उहाँले २३ फेब्रुअरी फागुन ११ देखि अन्तर्राष्ट्रिय विमान उडानको तयारी रहेको जानकारी दिनुभयो। गत जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दिउँसो चार बजेपछि नियमित उडान रहेको छैन।

फेब्रुअरी २३ पछि रात्रिकालीन पनि उडान हुने जनाइएको छ। विमानस्थल प्रमुख गौतमका अनुसार अहिलेसम्म आन्तरिक उडान मात्र भएका छन्। अब भने अन्तर्राष्ट्रिय कम्पनीले पनि उडान गर्ने गौतमले सुनाउनुभयो।

“अहिलेसम्मका सबै उडान भीएफआर भिजुअल फ्लाइट रुल्स प्रविधिअनुसार सञ्चालित छन्। भीएफआरमा ककपिटमा बसेका पाइलटले आँखाले हेरेको भरमा उडान र अवतरण गराइन्छ तर प्रविधिमा आधारित रहेर उडान गर्ने विधि आइएफआर इन्स्टुमेन्टल फ्लाइट रुल्स अनुसार भने फेब्रुअरी २३ देखिमात्र उडान र अवतरण सुरु हुनेछ उहाँले भन्नुभयो।

आईएफआर प्रविधिमा उडान र अवतरण गराउँदा रातिको समयमा पनि विमानस्थल सञ्चालन हुने जानकारी उहाँले दिनुभयो। त्यो बेला उडान र अवतरण गराउँदा उपकरणको प्रयोग गरिन्छ। उहाँले रात्रिकालीन उडानका लागि अहिले सबै कर्मचारीलाई प्रशिक्षण दिइएको जानकारी दिनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu