Connect with us
Kapilvast Forest

बीमा दाबी गर्न गाडीमा आगजनी

२०७९, १ फाल्गुन सोमबारमा प्रकाशित

बर्दिया- बीमाको रकम दाबी गर्न बर्दियामा चालकले फोर्स गाडीमा आगजनी गरेका छन् । जिल्ला प्रहरीका कार्यालय बर्दियाका प्रहरी सहायक हबल्दार नाराण ओलीले गाडी बिग्रिएकाले मर्मतका लागि बढी रकम लाग्ने हुँदा चालकले बीमा दाबी गर्न गाडीमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

प्रहरी सहायक हबल्दार ओलीका अनुसार आज (सोमबार) दिउँसो २ बजे बर्दिया मधुवन नगरवपालिका–४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडकखण्डमा लु २ ख २०८४ नम्बरको सेतो रङकाे फोर्स गाडीमा आगलागी भएको खबर कार्यालयमा आएको थियो ।

खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट प्रहरी टोली खटिइ घटनास्थलमा पुग्दा गाडीको पूरै भाग पूर्णरुपमा जली नष्ट भएको अवस्थामा रहेको प्रहरी जनाएको छ ।

प्रहरी सहायक हबल्दार ओलीले घटनास्थलमा पुग्दा कुनै पनि व्यक्ति नरहेको र सो घटनाबारे अनुसन्धान गर्ने क्रममा उक्त गाडीका चालक जिल्ला बर्दिया मधुबन नगरपालिका–२ गंगापटुवा बस्ने रामु चौधरीलाई नियन्त्रणमा लिएको जनाउनु भयो ।

चालक चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा बीमाको रकम दाबी गर्न फोर्स गाडीमा आगजनी गरेको खुल्न आएको जानकारी उहाँले दिनुभयो । गाडी चालक चौधरीले गाडीमा डिजल छर्की आगो लगाई घरतर्फ गएको थप अनुसन्धानबाट खुल्न आएको प्रहरी सहायक हबल्दार ओलीले जानकारी गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu