Connect with us
Kapilvast Forest

संरक्षित चरी बाघको छालासहित दुई पक्राउ

२०७९, १ फाल्गुन सोमबारमा प्रकाशित

धनगढी- संरक्षित चरी बाघको छालासहित कैलालीमा दुई जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरीको आइआरटी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटेको प्रहरीको संयुक्त टोलीले सोमबार बिहान गोदावरी नगरपालिका –२ बसपार्कबाट छालासहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अछामको चौरपाटी गाउँपालिका –५ का १८ वर्षीय सुवास बोहरा र सोही ठाउँका १७ वर्षीय सुनिल बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाको साथबाट पुच्छरसहित तीन फिट लम्बाई र ५ इन्च चौडाइ भएको छाला बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा राखेको छ । आवश्यक कारबाहीका लागि उनीहरूलाई डिभिजन वन कार्यालय कैलालीमा बुझाइने प्रहरी निरीक्षक साउँदले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu