Connect with us
Kapilvast Forest

पुल निर्माणको माग गर्दै पत्रकार सहनी अनशनमा

२०७९, ३ फाल्गुन बुधबारमा प्रकाशित

गौर- सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि लालबकैया नदीमा पुल निर्माणकार्य अलपत्र रहेकोले अविलम्ब पुल निर्माणको माग गर्दै स्थानीय पत्रकार सञ्जय सहनीले तेस्रो दिन पनि अनशन जारी राख्नुभएको छ ।

पत्रकार सहनीले बुधबार तेस्रो दिन पनि आमरण अनशन जारी राख्नुभएको हो । रौतहटको गौर नगरपालिका टिकुलियाघाटस्थित लालकबैया नदीमा अलपत्र अवस्थामा रहेको पुल निर्माणको माग गर्दै सहनीले गत सोमबार बेलुकादेखि पुल निर्माणस्थलमै आमरण अनशनमा बस्नुभएको थियो ।

गौर नगरपालिका र ईशनाथ नगरपालिकालालाई जोड्ने टिकुलियाघाटस्थित लालबकैया नदीमा पुल निर्माणको ठेक्का पाएका पप्पु कन्ट्रक्सनद्वारा निर्धारित समयमा पुलको निर्माणकार्य पूरा नगरी अलपत्र अवस्थामा रहनाले पुल यथाशीघ्र निर्माणको माग गर्दै पत्रकार सहनी अनशनमा बस्नुभएको हो ।

२०७१ असार २९ गते १४ करोड ९३ लाख रुपियाँमा पप्पु कन्ट्रक्सनले ठेक्का सकार गरेर २०७४ साल असार २५ गतेभित्र निर्माणकार्य पूरा गर्न सम्झौता गरेको थियो । सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि पुलको निर्माण कार्यको लगभग ६० प्रतिशत काम सम्पन्न गरेर बाँकी काम अलपत्र पारिएको छ । पुल नबन्दा स्थानियबासीले निकै कष्ट मर्का झेल्दै आइरहेकोले बाध्य भएर अनशनमा उत्रनुपरेको अनशनकर्ता सहनीले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu