Connect with us
Kapilvast Forest

गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बीमा

२०७९, ३ फाल्गुन बुधबारमा प्रकाशित

खोटाङ- खोटाङको साकेला गाउँपालिकाले चार सयभन्दा बढीको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले ७० वर्ष माथिका चार सय ७ जना ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका २१ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।

७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई स्वास्थ्य सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले बस्तीमै पुगेर स्वास्थ्य बीमा परिचयपत्र वितरण गरिरहेको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमा गरेका नागरिकले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालबाट एक लाखसम्म औषधि उपचारमा छुट पाउनेसमेत व्यवस्था छ । पूर्ण अपाङ्गता भएका नागरिकको हकमा एकाघरका अन्य सदस्यको पनि निःशुल्क स्वास्थ्य बीमा गरिने अध्यक्ष राईले बताउनुभयो ।

साकेला गाउँपालिका-१ बाँझेच्यान डाँडाका एक सय २ जना ज्येष्ठ नागरिक र ४ जना पूर्ण अपाङ्गता भएका व्यक्ति, साकेला गाउँपालिका-२ रतन्छाका एक सय ३ जना ज्येष्ठ नागरिक, ५ जना पूर्ण अपाङ्गता भएका व्यक्ति, साकेला गाउँपालिका-३ खिदिमाका २६ जना ज्येष्ठ नागरिक र ३ जना अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा गाउँपालिकाले गरिदिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu