Connect with us
Kapilvast Forest

सडक सञ्जालमा जोडिँदै मुगु बाजुरा

२०७९, ४ फाल्गुन बिहीबारमा प्रकाशित

बाजुरा- सुदूरपश्चिम प्रदेशको बाजुरा र कर्णाली प्रदेशको मुगु जिल्ला लामो समयपछि सञ्जालमा जोडिने भएको छ। कर्णाली नदीको झोगलामा बेलिब्रिज पुल निर्माण भएपछि यी दुई जिल्ला सडक सञ्जालमा जोडिने भएको हो।

खप्तड रारा पर्यटन कोरिडोर सडकअन्तर्गत बाजुराको हिमाली गाउँपालिका बोल्डी र मुगुको खत्याड गाउँपालिकाको सुकाढिक कर्णाली नदीको झोगलामा बेलिब्रिज पुल निर्माण गरिएको छ ।

गत वर्ष २०७८ साल चैतमा बेलिब्रिजको काम सुरु भएर केही दिनमै निर्माण पूरा हुँदैछ। बाजुराको हिमाली र मुगुको खत्याड गाउँपालिका जिल्लाकै दुर्गम गाउँपालिकाका रूपमा चिनिँदै आएका छन्।

बाजुराको हिमाली गाउँपालिका फैती बाँधु धिमलगायतका स्थानीयले केही वर्ष पहिले गाउँमै यातायातको सुविधा लिए पनि मुगुको खत्याड गाउँपालिका सुकाढिकका स्थानीय भने यातायातको सुविधाबाट वञ्चित हुँदै आएका थिए।

मुगु जिल्लाको खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले अबको केही समयपछि खत्याडका स्थानीयको गाडी चढ्ने सपना पूरा हुने बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu