Connect with us
Kapilvast Forest

बचत फिर्ता दिन नसकेपछि सहकारी बन्द

२०७९, ४ फाल्गुन बिहीबारमा प्रकाशित

दमक- तुलसी बहुमुखी सहकारी संस्थाले झापाको दमकमा सञ्चालन गरेको सेवा केन्द्र र डिपार्टमेन्ट स्टोर बन्द गरेको छ । मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको सो सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सेवा बन्द गरेको जनाइएको छ ।

अन्य सहकारी संस्थाले दिएकोभन्दा उच्च ब्याज दिएर दमकबाट सङ्कलन गरेको ठूलो रकम अहिले जोखिममा परेको छ । कतिपय बचतकर्तालाई रकम फिर्ता लिन बोलाएको भए पनि बिहानै सूचना टाँस गरेर कर्मचारी हिँडेपछि बचतकर्ता अन्योलमा परेका छन् ।

सहकारीको डिपार्टमेन्टल स्टोर तथा सेवा केन्द्र अगाडि भेला भएका बचतकर्ताले आफ्नो चेक देखाउँदै आफूहरूलाई बोलाएको बताए । सो सहकारी संस्थाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि संस्थाबाट प्रदान गरिने सेवा प्रदान गर्न नसक्ने जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu