Connect with us
Kapilvast Forest

पशुपतिनाथमा बाबाहरूको बहुरङ्गी रूप :फोटो फिचर

२०७९, ५ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं- महाशिवरात्रि पर्व मनाउन भारतलगायत विभिन्न देशबाट नागा बाबाहरू पशुपतिनाथ मन्दिर परिसर आइपुगेका छन् । काठमाडौँ आइपुग्नेका बाबाहरूलाई अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वारा नम्बर १ बाट पशुपतिनाथको परिसरमा प्रदेश गरेका छन् । महाशिवरात्रिमा विशेषतः नागा नाथ वैरागी अघोरी र निरङ्कारी सम्प्रदायका साधुहरू पशुपति परिसर आउने गर्छन् ।

यस वर्षको महाशिवरात्रि भोलि (शनिबार) मनाइँदै छ । महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ । यसैगरी आज शुक्रबार)देखि आइतबारसम्म पशुपति शङ्कराचार्य पूजन महोत्सव कार्यक्रम राखिएको छ ।

यस कार्यक्रममा सहभागी हुन पुरी मठका जगतगुरु शङ्कराचार्य सरस्वती निश्चलानन्द स्वामी पशुपति मन्दिर आइपुगिसक्नुभएको छ । पशुपति परिसरमा महाशिवरात्रिको अवसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu