Connect with us
Kapilvast Forest

रासस ६२ वर्षमा प्रवेश

२०७९, ७ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौँ- राज्यको एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति रासस आज ६२औँ वर्षमा प्रवेश गरेको छ । निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर विसं २०१८ फागुन ७ गते रासस स्थापना भएको हो ।

विकासका लागि सञ्चार भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरण गर्दै आएको छ । विसं २०१७ फागुन ७ गते १८ फेब्रुअरी १९६२ निजी क्षेत्रका नेपाल संवाद समिति र सगरमाथा संवाद समिति गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो ।

रासस ऐन २०१९ जारी भएपछि राष्ट्रिय समाचार समिति एउटा अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रूपमा क्रियाशील छ । राससका संस्थापक रामराज पौड्याल हुनुहुन्थ्यो । उहाँका अध्यक्षतामा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणिन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य हुनुहुन्थ्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu