Connect with us
Kapilvast Forest

शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम सम्पन्न

२०७९, १० फाल्गुन बुधबारमा प्रकाशित

कपिलवस्तु- विजयनगर गाउपालिकामा सन्चालित शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम आज एक समारोहका बिच सम्पन्न गरिएको छ । कोभिडका कारण बालबालिका को सिकाइमा परेको प्रभाव न्युनिकरणका लागि २०२२ को जनवरी मा सुरु गरिएको कोभिड प्रतिकार्य कार्यक्रम अन्तर्गत विजयनगर गाउपालिकाका ४५ वटा बिध्यालयमा १०९ वटा टोल शिक्षा कक्षा सन्चलन गरिएको थियो ।

युनिसेफ र यु एस ए आइ डि को सहयोग, कालिका स्वावलम्बन सामाजिक केन्द्र को साझेदारी र विजयनगर गाउपालिकाको समन्वय र सहकार्यमा शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम सन्चालन भएको कालिका स्वालम्बन समाजिक केन्द्रका परियोजना सम्योजक अर्जुन थापाले जानकारी दिनुभयो ।

परियोजना समिक्षा तथा समापन कार्यक्रम मा बोल्दै विजयनगर गाउपालिका अध्यक्ष गोपाल बहादुर थापाले कोभिड प्रभावित बालबालिकाका लागि निकै प्रभवकारी बनेको टोल शिक्षा कक्षा परियोजन समाप्त भएपनी पालिकाले निरन्तरता दिने बताउनु भएको भयो ।

कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष दिनेस कुमार चौधरी ,नेपाल तारा मा वि का प्रधानाध्यापक शिवराज सुवेदी , लगायतले सम्बोधन गर्नुभएको थियो भने कार्यक्रम सन्चालन विजयनगर शिक्षा साखा प्रमुख हरिहर बेल्बासेले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu