Connect with us
Kapilvast Forest

चितुवाको हड्डीसहित दुई जना पक्राउ

२०७९, १४ फाल्गुन आईतवारमा प्रकाशित

डडेल्धुरामा चितुवाको हड्डीसहित दुई जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाजुरा बुढीगंगा नगरपालिका–१० का २६ वर्षीय राजेन्द्र जैसी र खप्तड छेडेदह गाउँपालिका–७ का २७ वर्षीय वीरबहादुर वली रहेको प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मनोहर भट्टले जानकारी दिए ।

अमरगढी नगरपालिका–५ बागबजारबाट करिब चार किलो चितुवाको हड्डीसहित शनिबार राति उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu