Connect with us
Kapilvast Forest

सीमा क्षेत्रमा विदेशी मुद्रा सटही गर्ने : ९ जना पक्राउ

२०७९, २२ फाल्गुन सोमबारमा प्रकाशित

बर्दिबास- सीमा क्षेत्रमा बिना अनुमति विदेशी मुद्रा सटही गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान महोत्तरीको सीमानाका भिट्ठामोडबाट ठूलो मात्रामा भारतीय रुपियाँसहित प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले सीमा क्षेत्रमा बिना अनुमति नेरु भारु सटही गर्दै गरेको अवस्थामा भिट्ठामोड जलेश्वर सार्वजनिक सडकबाट नौ जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । उनीहरूको साथबाट ठूलो मात्रामा भारतीय नोटसमेत बरामद भएको छ ।

अहिलेसम्म ११ लाख रुपियाँ गनि सकिएको छ अझै धेरै गन्न बाँकी छ प्रहरी उपरीक्षक मल्लले बताउनुभयो राष्ट्र बैङ्कको अनुमति बिना मनोमानी तरिकाले सटही गरेकाले नियन्त्रणमा लिइएको हो । बरामद रकम गन्ने काम सकिएपछि पक्राउ परेकाहरूको विवरणसहित नाम सार्वजनिक गरिने जिल्ला प्रहरीले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu