Connect with us
Kapilvast Forest

विद्यालयलाई सहयोग सङ्कलन

२०७९, २४ फाल्गुन बुधबारमा प्रकाशित

बैतडी- सिद्धेश्वर मावि हुक्केडाँडा सरकारीस्तरबाट तीनतारे विद्यालय घोषणा गरिएको छ। बाल उद्यान, खेलमैदान र सरसफाइ स्वच्छताका दृष्टिले विद्यालयको शैक्षिक र भौतिक वातावरण निकैलोभलाग्दो छ। यो विद्यालय सरकारी योजनाले भन्दा पनि फागुलगायतका चाडबाडले यस्तो बनेको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटका अनुसार यो विद्यालयका शिक्षकलाई फागु आएपछि मात्रै तलब खुवाउने गरिएको छ। किनकि फागु खेलेर सहयोग सङ्कलन गरी शिक्षकको तलब सुविधा भुक्तानी गरिन्छ। यो वर्ष फागु खेलेर एक लाख ७५ हजार रुपियाँ सङ्कलन गरिएको छ।

कक्षा १० सम्म पढाइ हुने सो विद्यालयमा २७० जना विद्यार्थी छन्। प्राविमा सरकारी दरबन्दीका तीन जना शिक्षक हुनुहुन्छ। निजी स्रोत जुटाएर नौ जना शिक्षकलाई फागुमा सङ्कलन भएको रकमले तलब खुवाउने गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu