Connect with us
Kapilvast Forest

चितवन २ मा उपनिर्वाचन : १८ दललाई निर्वाचन चिह्न प्रदान

२०७९, २५ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं- आगामी वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको हो ।

दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिह्न निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको छ ।

सोही दफाको उपदफा ७ बमोजिम उपनिर्वाचन हुँदाका बखत प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई ती दलले २०७९ मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत सङ्ख्याका आधारमा र प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमका आधारमा उम्मेदवारको निर्वाचन चिह्न मतपत्रमा समावेश गर्ने निर्णय भएको आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनु भयो ।

नेपालको संविधानको धारा २७१ राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम १६ को अनुसूची–१२ बमोजिम निवेदन पेस हुन आएका राजनीतिक दलहरूलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम १७ को उपनियम ४ बमोजिम दर्ता गर्ने व्यवस्था छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu