Connect with us
Kapilvast Forest

शिवराजमा न्यायिक समितिको उल्लंघन, पिडितको अनुमति बिनै सडक निर्माण

२०७९, २७ फाल्गुन शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल- कपिलवस्तु्को शिवराज नगरपालिका न्यायीक समितिमा उजुरी पर्छ । छलफलका लागि मिति तोकिन्छ । न्यायिक समितिले काम रोक्नु भन्ने आदेश उपभोक्ता समितिलाइ दिन्छ । तर बिडम्बना, छलफल नहुदै न्यायिक समितिको आदेश समेत उल्लंघन हुन्छ र पीडित झन पीडित हुन्छ ।

यसरी नगरपालिकाले न्यान दिन नसकेकै हो त ? भन्ने आम नागरिकले न्यायिक समितिलाइृ समेत प्रश्न चिह्नको घेरामा राखेका छन । शिवराज नगरपालिकाको वडा नं ४ पिपरामा आर सिसि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नुर मोहम्मद मुसलमानले न्यायिक समितिको मानहानी गरेका छन । उपभोक्ता समितिका अध्यक्ष मुसलमानले न्यायिक समितिमा परेको उजुरीलाई वेवास्ता गर्दै जबरजस्ती सडक निर्माण गरेका छन ।


पिपरा गाँउका मोहम्मद नसिम मुसलमानले आपनो जग्गामा मात्र सडक निर्माण गर्न थालेपछी मुसलमानले न्यायिक समितिमा उजुरी दिएका छन । गाँँउको दुवै तर्फबाट बराबर विच सेन्टर मानी सडक बनाउन उनले माग गरी न्यायिक समितिमा उजुरी दिएका थिए ।

तर पिपरामा आर सिसि सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नुर मोहम्मद मुसलमानले शिवराज नगरपालिकाको न्यायिक समितिको धज्जी उडाउदै एकलौटी निर्णय गरी पिडितको अनुमती बिनै सडक निर्माण गरेको पिडित मोहम्मद नसिम मुसलमानले बताउनु भयो ।

यता शिवराज नगरपालिकाको उपप्रमुख तथा न्यायिक समितिको संयोजक शिव कुमारी चौधरीले न्यायिक समितिमा परेको उजुरीको किनारा नलागनदै गरिएको कार्य हदैसम्मको गैर कानुनी भएको बताउनुभयो । उहाले भन्नु भयो हामीले न्यायिक समितिमा परेको उजुरीलाई छलफल गर्नका लागि यही फागुन ३० गते तोकेका थियौ तर उपभोक्ता समितिले जबरजस्ती सडक बनाएको छ ।

न्यायिक समितिको संयोजक शिव कुमारी चौधरीले दुबै पक्षलाई बोलाई व्यापक छलफल गर्ने बताउनुभयो । स्थानियले पिपरामा निर्माण गरिएको सडक समेत कमसल भएको बताएका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu