Connect with us
Kapilvast Forest

जसपालाई ठूला र जनमतलाई साना दलको आश

२०७९, ३० फाल्गुन मंगलवारमा प्रकाशित

काठमाडौं- उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी कायम रहेको छ । त्यसमध्ये जनता समाजवादी पार्टीकी नेतृ एवं राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्दै सोही पार्टीका अर्का उम्मेदवार रामसहाय यादवलाई आफुले समर्थन गरिसकेकी पनि जानकारी दिइन्न् ।

यस आधारमा तीन जना उम्मेदवारको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । त्यसमध्ये जसपाका रामसहाय यादव र जनमत पार्टीका ममता झाले एक अर्काको मत तान्ने दुबै जनाले प्रतिस्पर्धा गरी रहेका छन् ।

जसपाले तीन ठूला प्रमुख दल कांग्रेस माओवादी केन्द्र नेकपा एकीकृत समाजवादीको साथ पाएको छ भने जनमत पार्टीले साना दल लोकतान्त्रिक समाजवादी पार्टी नागरिक उन्मुक्ति पार्टीको साथ पाएको छ ।

यी दुई दलले आ–आफ्ना उम्मेदवारको प्रचार प्रसारलाई तीब्रता दिएका छन् । तर एमालेको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्य चुपचाप देखिन्छिन् । हालसम्म उनले चुनाव प्रचारको कुनै गतिविधि अघि बढाएकी छैनन् ।

जनमतले राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि छलफल गरिरहेको छ । जनमत पार्टी स्रोतका अनुसार जनमतलाई सहयोग गर्न राप्रपा सकारात्मक देखिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म सकारात्मक संकेत नदिए पनि आन्तरिक छलफल जारी रहेको जनाइन्छ ।

जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले दलहरुसँग छलफल चलिरहेको जनाएका हुन् । गठबन्धनका दलहरुसँग पनि कुराकानी भइरहेको उनको बताए । उनले चैत २ गतेसम्म सबै कुरा स्पष्ट हुने बताउनु भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu