Connect with us
Kapilvast Forest

स्वास्थ्य बीमाको २२ लाख रुपैयाँ लिएर कर्मचारी फरार

२०७९, २ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं- सर्वसाधारणले स्वास्थ्य बीमाबापत तिरेको रकम आफ्नो खातामा राखेर स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी फरार भएका हुन् । बीमा बोर्डको खातामा जम्मा हुनुपर्ने करिब २२ लाख रुपैयाँ रकम आफ्नो खातामा राखेर बोर्डको उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अली फरार भएका छन् ।

पुुस ११ गतेदेखि फरार भएका अलिलाई स्वास्थ्य बीमा बोर्डले २४ घण्टाभित्र हाजिर भई स्पष्टीकरण पेश गर्न पत्राचार गरेपनि फिरोज अहिलेसम्म सम्पर्कमा नआएको जानकारी दिएको छ ।

अलीले गत असार मसान्तसम्म स्वास्थ्य बिमाका लागि दर्ता सहयोगी मार्फत उठेको रकम आफ्नो खातामा जम्मा गरेको पाइएको बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu