Connect with us
Kapilvast Forest

नेपाल टेलिकममा फेरि पनि समस्या फोन नलाग्दा सेवाग्राही हैरान

२०७९, ८ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं- नेपाल टेलिकमको नेटवर्कमा फेरि पनि समस्या आउँदा फोन सम्पर्कमा कठिनाइ भएको छ । नेपाल टेलिकमका प्राविधिकहरुले समस्या समाधानको प्रयास जारी राखेका छन् । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भीओएलटीई सेवामा समस्या देखिएको बताए ।

टुजी थ्रीजी फोरजीमा समस्या छैन तर भीओएलटीईको कोरमा केही समस्या देखिंदा फोन नलाग्ने समस्या देखिएको छ, हामी समाधानको प्रयास गरिरहेका छौं अधिकारीले भने ।

मोबाइलमा भीओएलटीई चलाइरहेकाहरुकोमा मात्र यसबाट प्रभावित भएको अधिकारीको भनाइ छ । बिहानैदेखि मोबाइल नम्बरमा सम्पर्क नहुने समस्या देखिएको गुनासो सेवाग्राहीहरुले गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu