Connect with us
Kapilvast Forest

जिपको ठक्करबाट पैदलयात्रीको : मृत्यु

२०७९, ८ चैत्र बुधबारमा प्रकाशित

दमक- पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका ४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल ५ का ४० वर्षीय चन्द्रबहादुर राई हुन् ।

पूर्वतर्फ गइरहेको मे.१ ज १९४२ नंको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताउनु भएको छ ।

जिपका चालक इलाम नगरपालिका २ का ३२ वर्षीय पेम्बा तामाङलाई आज बिहान प्रहरीले बिर्तामोडस्थित बसपार्कबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी पोष्ट केर्खाको संयुक्त प्रहरी टोलीले फरार चालकलाई पक्राउ गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu