Connect with us
Kapilvast Forest

६२ केजी गाँजासहित दुइजना पक्राउ

२०७९, ९ चैत्र बिहीबारमा प्रकाशित

इटहरी- धरानमा प्रहरीले दुइ व्यक्तिलाइ ६२ केजी गाँजासहित पक्राउ गरेको छ । धरान वडा नं २० सिरिसेमा मोटरसाइकलमा ल्याउँदै गरेको ३१ केजी गाँजा सहित धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका ९ आहालेका २५ वर्षीय जितेन राईलाई पक्राउ गरेको हो ।

त्यसैगरी धरान वडा नं ११ सुनौलो वस्तिको घरमा लुकाई राखेको अर्को ३१ केजी गाँजा सहित सुनौलो वस्तिकी ४७ वर्षीय विष्णुमाया राईलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

इप्रकाका अनुसार धरान २० सिरिसेमा जितेन राईले प्रयोग गरेको प्र.१.०२.०५१ प.२३०५ नम्बरको मोटरसाइकल शङ्का लागि चेकजाँच गर्दा ३१ केजी गाँजा बरामद गरिएको हो । त्यही क्रममा विष्णुमाया राईको घरमा खान तलास गर्दा घर कोठामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ३१ केजी फेला पारेको थियो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu