Connect with us
Kapilvast Forest

एनएमबि बैकंका ग्राहकलाई हस्पिटलमा १३ प्रतिशत छुट

२०७९, १० चैत्र शुक्रबारमा प्रकाशित

कपिलवस्तु– गोलोबल मनि वीक २०२३ को अवसरमा डिजिटल प्रबिधिको प्रयोग लाई अभिबृद्धि गर्ने उद्धृश्यले एनएमबि बैक लि.बनगाई शाखा र जय पाथीभरा पोलिकिलिनिक प्रा.लि बनगाई बिच आज एक समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

बाणगंगा नगरपालिका वडा नं ७ बनगाईमा रहेको जय पाथीभरा पोलिकिलीनक हस्पिटलले आज देखी एनएमबि बैकंका कर्मचारी तथा ग्राहक लाई अस्पतालले दिने बिभिन्न ओपिडी रजिस्ट्रेसन, ल्याव,रेडियोलोजी,जनरल बेड चार्ज, क्याबिन बेड चार्ज लगाएतका सेवामा डेबिट कार्ड, क्रेडिट कार्ड, ईएनएमबी मोवाईल बैकीङ सेवा बाट भुत्तानी गर्दा १३ प्रतिशत सम्म छुट दिने अस्पतालका संचालक मधु खनालले जानकारी दिनु भएको छ ।

समझदारी पत्रमा जयपाथिभरा पोलिकिलिनिकका अध्यक्ष बिण्णु बहादुर रायमाझी एनएमबि बैकका बनगाई शाखा प्रमुख लाल बहादुर भण्डारीको उपस्थितिमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो । समझदारी पश्चात एनएमबि बैक.मा कार्यरत कर्मचारी तथा एनएमबि बैंकका बाणगंगा नगरपालिका, बुद्धभुमी नगरपालिकका ग्राहकलाई प्रत्यक्षरुपमा राहत हुने बैकंका एसिस्टेन्ट रिलेसनसिप मेनेजर कमल आचार्य बताउनु भयो ।

जयपाथिभरा पोलिकिलिनि अस्पताल बिगत एक बर्ष देखी कपिलवस्तु जिल्लाको बनगाईमा स्थापना भई एमडि तथा एमबिबिएस डक्टर वाट ओपीडि सेवा तथा २४घण्टा आकस्मीक सेवा संचालान गरिरहेको अस्पतालका अध्यक्ष बिण्णु बहादुर रायमाझीले जानकारी दिनु भएको छ ।

एनएमबि बैकंले ग्राहकको बचत जम्मा , साना तथा ठुला ब्यवसाय , उधोगीहरु लाई ब्यवसाय संचालन गर्न लगानी,स्वदेस तथा बिदेशमा उच्च शिक्षा अध्ययन गर्नका लागी शैक्षिक कर्जा, भबिस्यका लागी सुनौलो घर निर्माणका लागी फिक्स ११.९९ प्रतिसतमा घर कर्जा लगानी गर्दै आईरहेको छ ।

ग्रामिण तथा सहरी क्षेत्रमा बसोवास गर्ने ब्याक्ति, उच्च शिक्षा अध्ययन गर्ने बिध्यार्थी लगाएत लाई लक्षिगरी बित्तिय साक्षरता का माध्यम वाट बैकंले दिने सेवा सुविधा र डिजिटल प्रबिधिको प्रयोगमा ध्यान दिनका लागी सचेतना कक्षा संचालन मार्फत जनचेतना जगाउदै देशका बिभिन्न शहर तथा ग्रामिण क्षेत्रमा छरियर रहेका आफ्ना ग्राहकको हितका लागी अस्पताल, होटल, डिपार्टमेन्ट स्टोर लगाएतका संघ संस्था संग समझदारी गरि बिभिन्न छुट सुबिधा प्रदान गर्न भुमीका खेलिरहेको छ ।

एनएमबि बैकं सन २०१७,२०१८,२०१९ र २०२१ मा ४ पटक उत्कृष्ट बैकंको रुपमा पुरस्कार पाएको एक क बर्गको बाणिज्य बैक हो । हाल देशभरी २०१ वटा शाखा मार्फत सेवा प्रदान गरिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu