Connect with us
Kapilvast Forest

फोहोर बोक्ने गाडीलाई आजबाट टाइम कार्ड

२०७९, ११ चैत्र शनिबारमा प्रकाशित

काठमाडौँ- मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखर पौवा चल्ने फोहोर बोक्ने गाडीलाई आजबाट शनिबार टाइम कार्ड लागू गरेको छ । ट्राफिक प्रहरीले सहज र सुरक्षित यात्रा तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कार्ड लागु गरेको जनाएको हो ।

दुर्घटनाको जोखिम हुने गरी तीव्र गतिमा सवारी साधन चलाउने गरेको र असुरक्षित महसुस भएको गुनासो स्थानीयबाट आएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाको संयुक्त पहलमा उक्त सडक खण्डमा फोहोर बोक्ने गाडीका लागि आजबाट टाइम कार्ड लागू गरेको प्रहरीले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

मुड्खु नाकामा चालकलाई टाइम कार्ड दिइने छ र पालना भए नभएको जाँच तिनपिप्ले र ओखर पौवा चेकपोस्टमा हुने जनाएको छ । मुड्खुदेखि तीन पिप्लेसम्मको सडक खण्डमा प्रतिघण्टा ३० किलोमिटर र तीन पिप्लेदेखि ओखर पौवा चेकपोस्टसम्मको सडक खण्डमा प्रतिघण्टा २० किलोमिटर गति निर्धारण गरिएको छ।

मुड्खुदेखि तीन पिप्लेसम्मको ५ किलोमिटर सडकखण्ड पार गर्न न्यूनतम १० मिनेट र तीनपिप्लेदेखि ओखर पौवासम्मको ८ किलोमिटर सडक खण्डमा न्यूनतम २५ मिनेट समय निर्धारण गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu