Connect with us
Kapilvast Forest

तीन वर्षअघि छोरीको नाममा गरेको बिमा अहिले खाता रित्तै

२०७९, १३ चैत्र सोमबारमा प्रकाशित

तीन वर्षअघि मधेश प्रदेश सरकारले बेटी बचाऊ बेटी पढाऊ कार्यक्रम अन्तर्गत छोरी शिक्षा बिमा सञ्चालन गरेर प्रशंसा बटुल्यो। नवजात छोरीलाई प्रदेश सरकारले बिमा गरिदिने र २० वर्षपछि तीन लाख रुपैयाँ दिने निर्णय गरेपछि यहाँका विपन्न गरिब र महिलाहरू खुसी भए। यो कार्यक्रम कार्यान्वयन भएपछि लामो लाइनमा बसेर महिलाहरूले आफ्ना छोरीको बिमा गराए।

तिनैमध्ये एक थिइन् जनकपुरधाम उपमहानगरपालिका–७ की रंजिता साह। गएको साता बैंकमा पुगेर छोरीको खाता हेर्दा उनी चकित भइन्। तीन वर्ष बितिसक्दा पनि छोरीको खाता रित्तै थियो। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले उनकी छोरीको बिमा रकम बैंक खातामा पठाइसकेको जानकारी दिएको थियो।

२०७७ सालको सुरुमै मुख्यमन्त्री कार्यालयले उनको छोरीको बिमा गरेर पठाएको थियो। अरू कामले बैंक पुगेको थिएँ। छोरीको खातामा सरकारले कति पैसा हालिदिएछ भनेर बुझ्न मन लाग्यो। पैसा नै राखेको रहेनछ। सरकारले हामीलाई ठगेछ रंजिताको प्रश्न छ सरकारले बेटी बचाउन कार्यक्रम ल्यायो कि ठग्न छोरी यसै पनि ठगिएकै हुन्छन् सरकारले पनि किन ठग्यो?

सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको शिक्षा निर्देशनालयका एक कर्मचारीका अनुसार बिमा फारम भरेका करिब ३२ हजार छोरीको खातामा सरकारले पैसा जम्मा गरेको छैन।

कार्यक्रमकी संयोजक प्रियंका यादवले स्थानीय तहमा शिविरमार्फत विमा फारम भरेका र मुख्यमन्त्री कार्यालयमा आएर फारम भरेका झन्डै तीन हजार छोरीको खातामा पैसा नपुगेको बताइन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu