Connect with us
Kapilvast Forest

उपाधि जित्नेमा घरेलु टोली विराटनगर र लुका सकर आत्मविश्वासी

२०७९, १५ चैत्र बुधबारमा प्रकाशित

विराटनगर- सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी बीसीएफ उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् ।

शहीद रंगशालामा भोलि बिहीबार बेलुकी पौने ७ बजे सुरु हुने फाइनल खेल्न लागेको घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रो उपाधि उचाल्ने योजनामा छ । विराटनगरले पूर्व बिजेता टिम नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिसलाई १–० गोलले र सेमिफाइनलमा जावलाखेललाई २–१ गोलले हराएको थियो । २०१९ सालमा घरेलु टोली मोरङ ११ ले उपाधि हात पारेको थियो । त्यसअघि २०१८ सालमा तत्कालीन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ– ११ फाइनलमा पुगेर उपविजेता भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu