Connect with us
Kapilvast Forest

प्राविधिक शिक्षामा घट्दै विद्यार्थी

२०७९, १६ चैत्र बिहीबारमा प्रकाशित

पाल्पा- प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण घटेको छ। पाल्पाका ११ वटा सामुदायिक विद्यालयमा सञ्चालित प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ। जिल्लामा प्राविधिक शिक्षा पठनपाठन गराउने विद्यालयको सङ्ख्या हरेक वर्ष थपिए पनि विद्यार्थीको सङ्ख्या भने घटेको छ।

प्राविधिक शिक्षा पठनपाठनका बारेमा अहिले पनि अभिभावकमा अन्योल कायम देखिएको पाल्पाका शिक्षा एकाइ प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार प्राविधिक शिक्षा अध्ययन गरिसकेपछि त्यसबाट कसरी अघि बढ्न सकिन्छ भन्ने स्पष्ट जानकारी अभिभावकमा कम छ। विदेश जाने युवामा पनि प्राविधिक शिक्षाभन्दा साधारण शिक्षा लिने बढी देखियो।

प्राविधिक शिक्षाको महत्व बुझाउन नसक्दा प्राविधिक शिक्षाका बारेमा अभिभावकमा भएको अन्योलले प्राविधिक शिक्षा आर्जन गर्ने विद्यार्थीको सङ्ख्या कम हुँदै गएको बताइन्छ। पछिल्लो समय प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई वैदेशिक अध्ययन तथा रोजगारीमा समस्या देखिएका कारण पनि यो शिक्षामा आकर्षण कम भएको अभिभावकको बुझाइ छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu