Connect with us
Kapilvast Forest

मजदुरीका लागि भारत गएका बाँकेका एक नेपाली बेपत्ता

२०७९, १६ चैत्र बिहीबारमा प्रकाशित

नेपालगञ्ज- मजदुरीका लागि भारत गएका बाँके जिल्लाका एक नेपाली नागरिक गत चार महिनादेखि बेपत्ता भएका छन् । बाँकेको राप्तीसोनारी ८ का ६१ वर्षीय धनबहादुर कुसारी भारतको हिमाञ्चल प्रदेशको सिम्ला जिल्ला कोटखाइबाट फागुन १३ गतेबाट बेपत्ता भएको कुसारीका आफन्तले जनाएका छन् ।

कोटखाइस्थित बागी भन्ने ठाउँबाट घर जान्छु भनी हिँडेका कुसारी एक्कासि बेपत्ता भएको उहाँकी पत्नी खैरे कुसारीले बताउनुभयो । उहाँका अनुसार बागीमा मजदुरी गरिरहनुभएका पति कुसारी फागुन १३ गते फेब्रुअरी २४ घर जान्छु भनी त्यहाँबाट हिँडेपछि परिवारको सम्पर्कमा आउनुभएको छैन ।

भारतमा पुगेर थुप्रै ठाउँमा उहाँको खोजी गरिए पनि हालसम्म कुनै पत्तो लगाउन नसकिएकाले खोजीमा सहयोग गरिदिन सबैसँग कुसारी परिवारले आग्रह गरेको छ । सामान्य अवस्थामा रहनु भएका कुसारीको परिवारले उहाँको खोजीमा गत चार महिनादेखि धेरै खर्च र दौडधुप गरे पनि फेला पार्न नसक्दा अति नै पीडामा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu