Connect with us
Kapilvast Forest

खानेपानी समस्याले बसाइँ सर्दै

२०७९, १९ चैत्र आईतवारमा प्रकाशित

धनकुटा- धनकुटाको शहीदभूमि गाउँपालिका–३ पातालडाँडाकी रोमादेवी राईलाई दैनिक दुई सय लिटर पानी चाहिन्छ । उहाँले त्यति पानी घरदेखि आधा घण्टा टाढाको कुवाबाट ओसार्नुपर्छ । पाँच पटक ओसार्नु भएपछि मात्र दुई सय लिटर पानीको जोहो हुन सक्छ । यसर्थ दैनिक पाँच घण्टा पानी ओसार्दा नै बित्छ । उहाँले दुःख व्यक्त गर्नुभयो हिउँद लागेपछि खानेपानीको मुहान सुक्छ । हरेक दिन पाँच घण्टा पानी ओसार्न सकिएन भने घरधन्धा कठिन हुन्छ ।

धनकुटाको चौबिसे, शहीदभूमि, साँगुरीगढी, छथर जोरपाटीलगायतका पालिकामा खानेपानीको निकै समस्या छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तथ्याङ्कअनुसार धनकुटामा ११ प्रतिशत नागरिक खानेपानीको पहुँचबाहिर छन् । जिल्लामा पहिलेको तुलनामा ६० देखि ७० प्रतिशतसम्म खानेपानीका मूल सुकेको कार्यालयले जनाएको छ ।

शहीदभूमि गाउँपालिकाको पातालडाँडाका १५० परिवारले भोग्दै आएको समान समस्या हो । त्यसो त पानी व्यवस्थापनका लागि पातालडाँडामा दुईवटा ट्याङ्की निर्माण गरिएको छ । करिब २० हजार लिटर पिउने पानीका लागि र अन्य प्रयोजनका लागि २० लाख लिटर पानी सङ्कलन गर्ने गरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले २०७० सालमा ट्याङ्की निर्माण गरेको थियो तर दुवै ट्याङ्की यतिबेला सुक्खा छन् । स्थानीय हरि विष्टले दुई महिनादेखि मूल सुकेसँगै गाउँमा खानेपानीको हाहाकार भएको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu