Connect with us
Kapilvast Forest

गोदाममा छापा मार्दा कुहिएको दलहन बरामद

२०७९, २० चैत्र सोमबारमा प्रकाशित

काठमाडौँ- प्रहरीले ठूलो परिमाणमा खान अयोग्य बनेको केराउ र मुङको दाल बरामद गरेको छ। एउटा गोदाममा भण्डारण गरिएका ती सामग्री राम्रोमा मिसावट गरेर बिक्री वितरण गर्ने गरिएको आशङ्का गरिएको छ।

बरामद गरिएका सामग्रीको बजार भाउ करिब ७७ लाख रुपियाँ हुनसक्ने उहाँले बताउनुभयो। बरामद गरिएका सामग्री पूर्णरूपमा कुहेर अखाद्य बनिसकेका छन्। यसरी अखाद्य बनिसकेका सामग्री पनि बजारमा बिक्री वितरण गर्दै आएको सूचनाका आधारमा प्रहरीले सो गोदाममा छापा मारेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार सो गोदाममा छापा मारी ६५ हजार किलोग्राम हरियो केराउ र एघार हजार किलोग्राम मुङको दाल फेलापारेको छापा मार्ने कार्यमा संलग्न परिसरका प्रहरी निरीक्षक राजन लामाले जानकारी दिनुभयो। गोदाममा लामो समयदेखि भण्डारण गरी राखिएका हरियो केराउ र मुङको दाल कुहिएर अखाद्य बनिसकेको अवस्थामा प्रहरीले फेलापारेको हो।

सङ्घीय राजधानी काठमाडौँको ढुङ्गेअड्डास्थित एसियन फुडको गोदामबाट कीरा लागेको केराउ र कुहिएको मुङको दाल प्रहरीले बरामद गरेको हो। बरामद गरिएको केराउ र मुङको परिमाण ७६ हजार किलोग्राम रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu