Connect with us
Kapilvast Forest

खेलको ५ लाख बढी रकम भत्तामै खत्तम, अनुगमन नगरी मेयर, उपमेयर, हाकिमले बुझे भत्ता

२०७९, २० चैत्र सोमबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिकाले गत माघ १८ गते देखी २९ गतेसम्म सन्चालन भएको खेलकुद महोत्सव–२०७९ मा १६ लाख १४ हजार ७ सय १७ रुपैया खर्च गरेको छ । नगरपालिकाले छुटएको कुल बजेटको ३३ प्रतिशत भन्दा बढी रकम भत्तामा खर्च गरेको छ । शिवराज नगरपालिकाले खेल महोत्सव अन्तरगत राष्ट्रपती रनिङ शिल्ड, मेयर कप, उपमेयर कप अन्तरगत १० दिनमा ५ लाख ३० हजार ४ सय रकम भत्ता बुझाएको छ ।

नगर प्रमुख अजय थापाले १० हजार भत्ताको कर कट्टी गरी कुल ८ हजार ५ सय रकम भत्ता बुझेका छन ।  १० दिनसम्म चलेको खेल महोत्सवमा १० दिनै नै हाजिर भई भत्ता बुझेको शिवराज शिक्षा शाखाले जनाएको छ ।

जबकी नगरप्रमुख १० दिन खेल महोत्सवमा सहभागी नै भएका थिएनन । तर शिक्षा शाखाले नगर प्रमुखलाई १० दिनको भरपाई गरी रकम बुझाएको छ । नगर प्रमुख अजय थापाले ठयाक्कै कति दिन अनुगमन गरेको याद नभएको बताउनुभयो । उहाले काममा व्यस्त भएकाले पछी कुरा गर्ने बताउनुभयो ।

त्यस्तै उपप्रमुख शिव कुमारी चौधरी पनि १० दिन कै १० हजार भत्ताको कर कट्टी गरी कुल ८ हजार ५ सय रकम बुझेको पाइएको छ । उप प्रमुख चौधरी पनि अनुगमन नै नगरी १० दिनको भत्ता बुझेको पाइन्छ ।

त्यस्तै शिवराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले केही दिन मात्रै खेलकुद महोत्सवमा सहभागी भई १० दिन कै ८ हजार ५ सय रकम अनुगमन भत्ता बुझेका छन ।

नगरपालिकाको लेखाअधिकृत राम चन्द्र मरासिनीले ६ दिनको अनुगमन नै नगरी भत्ता रकम बुझेका छन । लेखा अधिकृत मरासिनीले ५ हजार १ सय भत्ता रकम बुझेका छन ।

त्यस्तै लेखापाल रिता खनालले खेल मैदान मै नगई समेत ७ दिनको अनुगमन  भत्ता रकम बुझेका छन । रिता खनालले ५ हजार ९ सय भत्ता रकम बुझेको भरपाईमा देखीएको छ ।

त्यस्तै शिवराज नगरपालिकाको शिक्षा शाखामा कार्यरत उपसचिव पुर्ण बहादुर विश्वकर्माले १२ दिनको भत्ता बुझेका छन । १० दिन सम्म चलेको खेल महोत्सवमा विश्वकर्माले १२ दिनको भत्ता बुझेको पाइएको छ।

विश्वकर्माले १० हजार २ सय भत्ता बुझेका छन । शिक्षा शाखाका प्राविधिक सहायक दिनेश कुमार चौधरी समेत १२ दिनको १० हजार २ सय भत्ता बुझेको छन ।शिवराज नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरीले १२ दिनको ८ सय ५० को दरले करकटी गरी १० हजार २० रकम भत्ता बुझेका छन ।

शिवराज नगरपालिकाको शिक्षा शाखाले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत र लेखापाललाई खुसी बनाई आफ्नो फाइलको फर्याैट गराउन अनुगमन मै नगई भत्ता बुझाएको छ ।

कपिलवस्तु मिडियाले सुचनाको हक प्रयोग गरी माग गरीएको सुचनाको आधारमा समाचार प्रकाशित गरिएको हो । पालिकाले अंसिक सुचना मात्र दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu