Connect with us
Kapilvast Forest

सिक्किममा हिमपहिरो, तीन नेपालीसहित ७ जनाकाे मृत्यु

२०७९, २२ चैत्र बुधबारमा प्रकाशित

एजेन्सी — सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीसहित ७ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

भीषण हिमपहिरोमा परेर नेपाल चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको सिक्किम सरकारले जनाएको छ ।

नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन्।

हिमपहिराे मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको थियाे।

त्यस्तै मृत्यु हुनेहरूमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये रहेकाे सिक्किम सरकारले बिज्ञप्ति मार्फत जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu