Connect with us
Kapilvast Forest

दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँः प्रधानमन्त्री प्रचण्ड

२०७९, २४ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिगो विकासको लक्ष्य हासिल गर्न संघ प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र सहकारी क्षेत्र गैरसरकारी क्षेत्र नागरिक समाज र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

बैठकमा प्रधानमन्त्रीले भन्नुभयो दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव हुँदैन । यसमा निजी क्षेत्र सहकारी क्षेत्र गैरसरकारी संस्था नागरिक समाज र विकास साझेदारहरू सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ ।

शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

त्यसैले यी सबै क्षेत्रका बीचमा समन्वय सहकार्य र साझेदारी हुनु आवश्यक छ । यसका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भने अन्य क्षेत्रहरूले आ–आफ्नो जिम्मेवारीबोध गरी दिगो विकास अनुरूपका नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारसँग हातेमालो गर्नु जरुरी छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu