Connect with us
Kapilvast Forest

विगत ८ वर्ष देखि भत्किएको पुल अझै बनेन

२०७९, २४ चैत्र शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल- 
बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा रहेको बेली ब्रिज पुल विगत ८ वर्ष देखि भत्किएको पुल अहिले सम्म बन्न सकेको छैन । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको वडा नम्बर १ मा पर्ने बेली ब्रिज पुल भत्किदाँ त्यहाँका नागरीकहरुले हरेक दिन सास्ति खेप्नु परेको छ ।

वडा नम्बर १ र २ नम्बर वडाका नागरीक दैनिकजरो आवतजावत गर्नु पर्ने वाध्यता रहे पनि पुल भत्किए पछि त्यहाँका नागरीकहरुलाई खोला पार गर्न कठिनाई खेप्नु परेको छ । जिर्ण अवस्थामा रहेको पुलबाट पुल तर्ने क्रममा नलिधन थापाका गाईभैसी समेत मरेका थिए । पटक पटक सम्बन्धित निकाय सगँ समस्या राख्दा पनि गुनासो नसुनेको वडा नम्बर १ का सुदराज रोकायाले जानकारी दिनुभयो ।

खोला तरेर पारी जान कठिनाई हुने भएकाले निर्माण भएको पुल भत्किए पछि नागरीकले सास्ति खेप्दै आएका छन । पुल तरेर पानी घट्ट पुग्नु पर्ने हुन्छ पुल तरेर जादाँ ज्यानै जोखिममा राखेर जानु पर्छ भन्दै स्थानीय बाँचन रोकायाले गुनासो गर्नु भयो ।

२०७४ सालकै चुनावि एजेण्डा बनेको पुल निर्माणले हाल सम्म पनि कुनै गति लिन नसक्दा नागरीकहरुले गुनासो गरेका छन । वडा र गाउँपालिकाले उक्त समस्यालाई आफ्नै आखैं अगाडि पनि आँखा पट्टि लगाएजस्तै गरेर समस्यालाई पंन्छाएको स्थानीयहरुले गुनासोे गरेका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu